मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामले मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब सेवाको शुरुवात गरेको छ । उक्त क्याथ ल्याब सेवाको शनिवार मुख्यमन्त्री सरोज कुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री बीरेन्द्र सिंहले संयुक्त रुपमा उद्दघाटन गरेका हुन् ।