Toys & Nutrition Exhibition

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत BNS, B.Sc. Nursing का प्रथम तथा तेस्रो व्याचका विधार्थीहरु द्वारा आयोजित ” Toys and Nutrition Exhibition ” आज यस प्रतिष्ठानका प्रादेशिक अस्पतालको तेस्रो तल्ला पेडीयाट्रीक ओ.पी.डी. अगाडी सम्पन्न भयो |

धनुषा वर्थिङ्ग सेन्टरको समूदघाटन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधाम-धनुषा बर्थिङ सेन्टर को समुदघाटन नेपाल सरकारको उप-प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय उपेन्द्र यादवज्युको प्रमुख आतिथ्यमा र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहकुलपती माननीय शत्रुधन प्रसाद सिंहज्युको बिशिष्ट आतिथ्यमा तथा यस प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर साहज्युको अध्यक्षतामा कार्यक्रम सु-सम्पन्न भयो ।

तेस्रो वार्षिकोत्सव समारोह – २०८०

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव समारोह माननीय मुख्यमन्त्री तथा कुलपति सरोज कुमार यादवज्यूको प्रमुख आतिथ्यमा एवम माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहकुलपति वीरेन्द्र प्रसाद सिंहज्यूको विशेष उपस्थितीमा तथा यस प्रतिष्ठानका का.मू. उपकुलपति प्रा.डा. अंकुर साहज्यू अध्यक्षतामा सू-सम्पन्न भएको छ |

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा सुचारु

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामले मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब सेवाको शुरुवात गरेको छ । उक्त क्याथ ल्याब सेवाको शनिवार मुख्यमन्त्री सरोज कुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री बीरेन्द्र सिंहले संयुक्त रुपमा उद्दघाटन गरेका हुन् ।